Section 32
अरुको घर जग्गामा प्रवेश गर्न सक्ने

नेपाल सरकारले वा अनुमतिपत्र प्राप्त व्यक्तिले विद्युतको सर्वेक्षण, उत्पादन, प्रसारण वा वितरण गर्ने सिलसिलामा कसैको घर जग्गामा प्रवेश गर्नु परेमा नेपाल सरकार वा अनुमतिपत्र प्राप्त व्यक्तिले खटाएको कर्मचारीले सम्बन्धित व्यक्तिलाई पूर्व सूचना दिएर मात्र त्यस्तो घर जग्गामा प्रवेश गर्न सक्नेछ । त्यसरी प्रवेश गर्दा कुनै हानि नोक्सानी हुन गएमा नेपाल सरकारले वा अनुमतिपत्र प्राप्त व्यक्तिले तोकिए बमोजिम क्षतिपूर्ति दिनेछ ।
तर कुनै घर जग्गामा विद्युतको अनधिकृत प्रयोग वा चोरी भैरहेको शङ्का हुने मनासिव माफिकको कारण भएमा सो कुराको जाँचबुझ गर्न वा कुनै दुर्घटनाबाट बचाउन पूर्व सूचना विना पनि त्यस्तो कर्मचारीले सम्बन्धित घर जग्गामा प्रवेश गर्न सक्नेछ ।